News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद्मा पत्रकारलाई पानी पिउने र वासरुम जान पाउने व्यवस्था गरिदिन आग्रह गर्नुभएको छ।
- सुनारले संसद्को गेट बाहिर पत्रकारहरूको दु:ख देखेर मन खिन्न भएको र अन्तर्राष्ट्रिय जगतमा लाज लाग्ने अवस्था भएको बताउनुभयो।
- संसदीय मामिलामा खटिएका पत्रकारलाई पानी पर्दा क्यामरा लुकाउन र घाम लाग्दा टाउने लुकाउन समस्या हुने उल्लेख गर्नुभएको छ।
४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले अन्तर्राष्ट्रिय जगतमा समेत लाजै हुने गरी संसद्मा पत्रकारलाई दु:ख नदिन आग्रह गरेका छन् ।
‘संसदीय मामिलाका रिर्पोटिङमा खटिएका पत्रकार साथीहरूको संसद्को गेट बाहिरको दु:ख देखेर, यो हरिबिजोक देखेर मन खिन्न भयो,’ सुनारले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भने ।
रातदिन भोक निन्द्रा नभनेर जनतालाई सूसुचित गर्ने कर्ममा लागेका संसदीय मामिलामा लागेका पत्रकारहरूलाई कम्तीमा तिर्खा लाग्दा पानी पिउने व्यवस्था गरिदिनुपर्ने उनले बताए ।
‘… कम्तीमा तिर्खा लाग्दा पानी पिउन पाउने र पिशाव लाग्दा वासरुम जान पाउने व्यवस्था गरियोस् । यसको लागि म सदनको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
पत्रकारहरूलाई संसद् परिसरमा पानी पर्दा क्यामरा लुकाउन र घाम लाग्दा टाउने लुकाउन हम्मे हम्मे पर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा समेत लाजै हुने गरी पत्रकार साथीहरूलाई दु:ख नदिन पनि म यो सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिक्रिया 4