News Summary
Generated by OK AI. Editorially reviewed.- सभापति गगनकुमार थापाले तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेका छन्।
- तरुण दलको म्याद समाप्त भई स्वतः विघटन भएकाले विधान बमोजिम कोइरालालाई नियुक्त गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
- मनिष कोइरालालाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश सहितको जिम्मेवारी दिइएको छ ।
१० जेठ, काठमाडौं । तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् ।
सभापति गगन कुमार थापाले कोइरालालाई पार्टी आबद्ध भ्रातृ संघ तरुण दलको अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनलाई २१ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनुसार, सभापति थापाले नियुक्त गरेको दुलालले जारी विज्ञप्तिमा जनाइएको छ ।
पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई तरुण दल स्वत विघटन भएको र कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरेको उनले बताएका छन् ।
साथै, उनलाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरेको पनि दुलालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कोइराला २०६३ सालमा तत्कालीन तरुण दलका अध्यक्ष महेन्द्र यादवको समितिमा केन्द्रीय सदस्य थिए।
प्रतिक्रिया 4