+
+
Shares

कानुनका विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था मिलाइयोस् : सांसद खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले कानुनका विद्यार्थीका लागि सरकारी निकायमा इन्टर्नसिपको कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।
  • निजी ल फर्महरूमा विद्यार्थीले पारिश्रमिक र सम्मान नपाउने गरेको भन्दै उनले सरकारी मन्त्रालय र विभागहरूमा इन्टर्नसिप गराउनुपर्ने बताए ।
  • सांसद खनालले जनशक्तिको आवश्यकता अनुसार मात्र कानुन कलेजहरू सञ्चालन गर्न अनुमति दिन पनि सरकारलाई आग्रह गरे ।

११ जेठ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले कानुनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुनका विद्यार्थीलाई इन्टर्नसिपका लागि ठूलो समस्या भएको उल्लेख गरे ।

साथै, सो समस्या समाधान हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग पनि गरेका हुन् ।

‘हामी कहाँ कानुनका विद्यार्थीहरूले इन्टर्नसिपका लागि कहाँ जाने, के गर्ने ? भन्नेमा निकै समस्या छ । कुनै ल फर्ममा गएर काम गरौ भने त्यहाँ मेहनत अनुसार पारिश्रमिक हुँदैन । सम्मान पनि हुँदैन,’ सांसद खनालले भने, ‘हामीसँग सिंहदरबार भित्रै धेरै मन्त्रालयहरू छन । धेरै विभागहरू छन । हरेक कानुनका विद्यार्थीहरूलाई हामीले सरकारी निकायसँग जोडन सक्छौं । यसो गर्न सकियो भने उनीहरूलाई इन्टर्नसिपका लागि समस्या पर्छ जस्तो मलाई लाग्दैन ।’

कानुनका विद्यार्थीले ल फर्ममा गएर इन्टर्नसिप दिँदा पारिश्रमिक र सम्मान दुवै नपाउने कठिनाई भएकाले पनि उनीहरूका लागि  सो को उचित व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने जिकिर गरे ।

सांसद खनालले कानूनका जनशक्तिको आवश्यकताअनुसार मात्रै कलेजहरू संचालन गर्नका लागि अनुमति दिन पनि सरकारलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?