+
+
Shares

तीन प्रतिशत समता शुल्कमा पुनर्विचार गर्न अभिभावक संघको माग

अभिभावक संघ नेपालले निजी विद्यालयमा विद्यार्थीको शुल्कमा तीन प्रतिशत कर लगाउने निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिभावक संघ नेपालले निजी विद्यालयको शुल्कमा तीन प्रतिशत कर लगाउने सरकारी निर्णय पुनर्विचार गर्न माग गरेको छ ।
  • सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी विद्यालयका विद्यार्थीको शुल्कमा तीन प्रतिशत समता शुल्क लगाउने घोषणा गरेको थियो ।
  • अतिरिक्त करको बोझले निजी विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक थप मारमा पर्ने संघले जनाएको छ ।

१८ जेठ, काठमाडौं । अभिभावक संघ नेपालले निजी विद्यालयमा विद्यार्थीको शुल्कमा तीन प्रतिशत कर लगाउने निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८३/८४ बजेटमार्फत तीन प्रतिशत समता शुल्क लगाउने घोषणा गरेको थियो ।

‘विद्यार्थीको शुल्कमा समता शुल्क कर तीन प्रतिशत लगाउने घोषणा प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शिक्षा राज्यको दायित्व हो, सामुदायिक विद्यालय प्रति विश्वास नलागेर गाँस काटेर आफ्ना सन्तानको गुणस्तरीय शिक्षाका खातिर शुल्क तिरेर निजी विद्यालयमा पढन पठाउने लाखौं अभिभावकहरूलाई तीन प्रतिशत कर अतिरिक्त बोझ हुने प्रष्ट छ,’ संघले जारी गरेको विज्ञप्तिमा छ ।

निजी विद्यालयको चर्को शुल्क, त्यसमाथि पनि अतिरिक्त करको बोझका कारण अभिभावक थप मारमा पर्ने हुनाले पुनर्विचार गर्न अभिभावक संघ नेपालले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?