+
+
Shares

कुमुदिनी र मंगललाई खो खो उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो उपत्यकाव्यापी अन्तरविद्यालय खो खो प्रतियोगिताको छात्रतर्फ कुमुदिनी कुञ्ज र छात्रातर्फ मंगल मावि च्याम्पियन बनेका छन् ।
  • कीर्तिपुर कभर्डहलमा सम्पन्न सो प्रतियोगिताको छात्रमा बागेश्वरी तथा छात्रामा एसियन ग्यालेक्सी उपविजेता बनेका छन् ।
  • प्रतियोगितामा कुल १६ छात्र र १६ छात्रा टोलीको सहभागिता थियो ।

१८ जेठ, काठमाडौं । कुमुदिनी कुञ्ज र मंगल माविले दोश्रो उपत्यकाव्यापी अन्तरविद्यालय खो खो प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । कुमुदिनी कुञ्ज छात्र तथा मंगल मावि छात्रामा च्याम्पियन बने ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको प्रतियोगिताको छात्रमा बागेश्वरी दोश्रो तथा मंगल तेश्रो भए । छात्रामा एसियन ग्यालेक्सी दोश्रो तथा मदन स्मारक तेश्रो बने ।

कीर्तिपुर खो खो एकेडेमीको आयोजना तथा कीर्तिपुर नगरपालिका वडा २ को प्रायोजनमा भएको प्रतियोगिताको छात्रमा कुमुदिनीका सुप्रिम तामाङ उत्कृष्ट रनर तथा बागेश्वरीका दिपेन्द्र बडुवाल उत्कृष्ट एट्याकर घोषित भए । छात्रामा एसियन ग्यालेक्सीकी आइ लामा उत्कृष्ट रनर तथा मंगलकी दृष्टि महर्जन उत्कृष्ट एट्याकर चुनिए ।

विजेतालाई कीर्तिपुर नगरपालिका मेयर कृष्णमान डंगोल, त्रिभूवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका सदस्य प्रा.डा. रामकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा १६ छात्र र १६ छात्रा टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक विक्की महर्जनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?