+
+
Shares
भिडियो ब्रिफिङ :

सुगौली सन्धिदेखि बालेनको अभिव्यक्तिसम्म : किन बल्झिरहन्छ सीमा विवादको घाउ ?

समाधानको एकमात्र माध्यम कूटनीतिक वार्ता नै हो। ती वार्तामा आफ्नो अडान नै कमजोर हुनेगरी प्रधानमन्त्री बालेन किन नेपालले पनि भारतको भूमि मिचेको छ भन्न अभिव्यक्ति दिए ? आजको यक्ष प्रश्न बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते २१:३६

भारतले नेपाली भू-भागमा सुरक्षाकर्मी नै राखेर अतिक्रमण गरेको छ । तर प्रधानमन्त्री बालेनले संसद्को रोस्टममै उभिएर भोगचलनमा भएका सीमाका समस्याहरूलाई नेपालले भारतको भूमि नै मिचेको शैलीमा एउटै डालोमा राखेर अभिव्यक्ति दिए । प्रधानमन्त्रीको यस्तो आत्मघाती अभिव्यक्तिले फेरि नेपालको राजनीतिक र कूटनीति वृत्त तरंगित भएको छ ।

राष्ट्रवादी धारमा रहेकाहरू प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा गम्भीर राष्ट्रघात देख्दैछन् । संसद्‌मै विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन् । सडकमा पनि तीव्र विरोध भएको छ ।

यता रास्वपालाई नरम शैलीमा हेर्नेहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरिरहेका छन् । सीमा समस्यालाई समाधान गर्ने नयाँ उपायको रुपमा व्याख्या गरिरहेका छन् ।

प्रधानमन्त्रीको यो अभिव्यक्ति राष्ट्रघाती हो कि होइन समयले पछि बताउँला । तर उनको अभिव्यक्ति नेपालले भारतसँग सीमा विवाद समाधानको सवालमा लिने अडानका लागि भने आत्मघाती हो । नेपाल भारत सीमा विवादको कथा कोट्याउन दुई सय वर्ष अघिसम्म पुग्नुपर्छ ।

सुगौली सन्धिदेखि अहिले प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिसम्म आइपुग्दा नेपाल भारत सीमा विवादका अनेक आयाम र कोण जोडिएका छन् । अनेक खाले सन्धि र सम्झौताहरू भए पनि कतिपय उल्लंघन भएका छन् । यसका कारण भारतको मिचाहा प्रवृत्तिबाट नेपाल र नेपालीहरूले दु: पाएका पनि छन् ।

तर सीमा विवादको समाधान युद्धबाट सम्भव छैन । जति ठूला राष्ट्रवादी नारा लगाए पनि ती नाराले मात्रै समाधान दिन्नन् । अन्तिम समाधानको एकमात्र माध्यम कूटनीतिक वार्ता नै हो। ती वार्तामा आफ्नो अडान नै कमजोर हुनेगरी प्रधानमन्त्री बालेन किन नेपालले पनि भारतको भूमि मिचेको छ भन्न अभिव्यक्ति दिए ? आजको यक्ष प्रश्न बनेको छ ।

प्रस्तुत छ : नेपाल- भारत सीमा विवादमा सुगौली सन्धीदेखि प्रधानमन्त्री बालेनले संसद्‌बाट दिएको पछिल्लो अभिव्यक्तिसम्मका प्रसंग समेटिएको भिडियो ब्रिफिङ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?