News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै त्रिचन्द्र कलेज अगाडि सोमबार पुत्ला दहन गरेको छ ।
- संसद्मा नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विभिन्न दलका संगठनहरू आन्देलित भएका छन् ।
- प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद् सहज रूपमा अघि बढ्न नदिने निष्कर्ष विपक्षी दलहरूले निकालेका छन् ।
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरूण दलले प्रधानमन्त्री बालेन शाहको पुत्ला दहन गरेको छ ।
सोमबार साँझ त्रिचन्द्र कलेज अगाडि सो संगठनका विद्यार्थीहरू भेला भएर पुत्ला दहन गरेका हुन् ।
उनीहरू प्रधानमन्त्री शाहको राजीनामा माग पनि गरेका छन् ।
प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दलहरूका संगठन आन्दोलित भएका छन् ।
देशका अन्य ठाउँमा पनि प्रधानमन्त्री शाहको विरोधमा प्रदर्शन हुन थालेका छन् ।
प्रधानमन्त्री शाहले आइतबार संसद् बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए ।
उनको उक्त अभिव्यक्तिपछि विभिन्न टिकाटिप्पणी र आलोचना भइरहेको छ ।
विपक्षी दलहरूले संयुक्त बैठक नै बसेर प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् सहज रुपमा अघि बढ्न नदिने निष्कर्ष निकालेका छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4