१९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालीहरुको दु:ख अन्त्य गर्न हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
उदयपुरमा पत्रकार भेटघाट कार्यक्रममा उनले हाइब्रिड नेताले देशको समस्या हल गर्न नसक्ने बताएका हुन् । ‘इतिहासदेखि अहिलेसम्म नेपाल र नेपालीले भोगिरहेको दु:खको अन्त्य गर्न अब कतै न कतैबाट विजारोपण गरेको या निर्माण गरिएको हाइब्रिड नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाड जस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ,’ किरातीले भने ।
वर्षौदेखि राजनीतिमा रहेको सिण्डिकेट तोड्दै जनताले प्रधानमन्त्री बनाएका बालेन्द्र शाहले पनि जनतालाई धोका दिएको उनी बताउँछन् । ‘जनताको ठूलो आशा पनि थियो । तर फिल्मी शैलमिा काम गर्ने कोशिस गर्दा आज देश र जनतालाई गम्भीर धोका भएको छ,’ किरातीले भने ।
गरीबको गीत गाएर आएका प्रधानमन्त्रीले गरीबमाथि नै धोका दिएको पनि उनले बताए । नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्री शाहले अक्षम्य गल्ती गरेको किरातीले बताए ।
प्रतिक्रिया 4