+
+
Shares

सरकारी अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्न राष्ट्रिय आविस्कार केन्द्रसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १२:०३

२० जेठ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालमा बिग्रिएका उपकरणहरु मर्मत सम्भार गर्न राष्ट्रिय आविस्कार केन्द्रको सहयोग लिने गरी संवाद सुरु गरेको छ ।

मन्त्री निशा मेहता र राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख समेत रहेका सांसद महावीर पुनले बुधबार यस विषयमा छलफल गरेका हुन् ।

सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गरी सञ्‍चालनमा ल्याउने गरी समन्वय र सहकार्य गर्न छलफल भएको मन्त्री मेहताको सचिवालय जानकारी गराएको छ ।

अघिल्लो सरकारको समयमा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालका विग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्न राष्ट्रिय आविस्कार केन्द्रलाई जिम्मेवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?