News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनको धक्कालाई क्षतिपूर्ति हुने गरी जनतासँगको सम्बन्ध विस्तार गरिने बताउनुभयो ।
- 'गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्योहोरेका छौं,’ पौडेलले भने ।
- उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतीलाई सामूहिक रूपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताउनुभयो ।
२० जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनको धक्कालाई क्षतिपूर्ती हुनेगरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताएका छन् ।
सदस्यता नवीकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि जनतातिर फर्किने बताए ।
‘गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्योहोरेका छौं,’ पौडेलले भने, ‘यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर फर्किएका हुनेछन् ।’
उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतिलाई सामूहिक रूपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4