News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेश सरकारले सुर्खेतको प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्न कानून तर्जुमा गर्ने भएको छ ।
- मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अस्पताल स्तरोन्नतिको योजना पुनः अघि सार्नुभएको हो ।
- प्रदेश सरकारले कर्णालीको स्वास्थ्य क्षेत्र सुधारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने नीतिसमेत लिएको छ ।
२० जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए ।
प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो । तर लागु गर्न भने सेन । सोही कार्यक्रमलाई मुख्यमन्त्री कँडेलले आगामी आर्थिक वर्षका लागी पुन: दोहोर्याएका छन् ।
संघीयतापछि प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर सञ्चालन गरिरहेको प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने भन्ने विषयमा अन्योल नै थियो ।
प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने या नबनाउने भन्ने विषय विगत लामो समय देखि नै चर्चा चल्दै आएका थियो । कँडेल नै मुख्यमन्त्री भएपछि डा. भगवान् कोइरालाको नेतृत्वमा समिति बनाएर अध्ययन गरिएको थियो ।
उक्त समितिले प्रदेश अस्पताल स्तरोन्नतिका लागी पाँच वटा विकल्प दिएको थियो ।
सरकारले कर्णालीको स्वास्थ्य सेवाको विकास र सुदृढीकरणका लागी जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञानसँग सहकार्य नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । साथै, प्रदेश सरकार मातहतका सबै अस्पतालहरूलाई प्रदेश सरकारको नामबाट नामकरण गरी ती अस्पतालहरूमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक पठाइने मुख्यमन्त्री कँडेलले बताए ।
प्रतिक्रिया 4