News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रेटवाल मोटर्सले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।
- उक्त नयाँ विद्युतीय गाडीमा ५२० किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज र अत्याधुनिक सुरक्षा प्रणाली रहने अपेक्षा गरिएको छ ।
- यस गाडीमा सानातिना स्क्र्याचलाई सूर्यको तापबाट पुनःस्थापित गर्न सक्ने बहु–तह सुरक्षात्मक कोटिङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
२० जेठ, काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित ग्रेटवाल मोटर्स (जीडब्लूएम) नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र आधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा छ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल जीडब्लूएमले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी सार्वजनिक गर्ने संकेत दिएको छ।
कम्पनीले हालसम्म उक्त मोडलको औपचारिक घोषणा नगरे पनि यससँग सम्बन्धित प्रारम्भिक विवरणहरूले अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढाएको छ।
प्राप्त जानकारीअनुसार, आगामी विद्युतीय एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज, स्मार्ट डिजिटल टेक्नोलोजी, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा छ।
यसका साथै आकर्षक डिजाइन, प्रिमियम वाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर तथा आधुनिक सौन्दर्यशास्त्रले यसलाई सडकमा अलग पहिचान दिने कम्पनीको भनाइ छ।
‘विशेष रूपमा यसको बहु–तह सुरक्षात्मक कोटिङ टेक्नोलोजीयुक्त बाह्य सतहले सानातिना स्क्र्याचलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता प्रदान गर्नेछ’ जीडब्लूएमले एक विज्ञप्तिमा भनेको छ, ‘यसले गाडीको सौन्दर्य र चमकलाई दीर्घकालसम्म कायम राख्न मद्दत गर्ने अपेक्षा छ।’
जीडब्लूएमले विश्व बजारमा इलेक्ट्रिक मोबिलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा प्रयोगकर्ता केन्द्रित नवप्रवर्तन मार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ। यही विश्वव्यापी अनुभव र अत्याधुनिक प्रविधिको संयोजन अब नेपाली ग्राहकले पनि प्रत्यक्ष अनुभव गर्न पाउने छन् ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधारको विस्तार तथा वातावरणमैत्री यातायातप्रति सकारात्मक सोचका बीच जीडब्लूएमको आगामी विद्युतीय एसयूभीलाई बजारको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
प्रिमियम डिजाइन, एड्भान्स्ड टेक्नोलोजी, उत्कृष्ट पफर्मेन्स तथा आधुनिक जीवनशैलीसँग मेल खाने विशेषतासहित आउने यस नयाँ विद्युतीय एसयूभीले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4