+
+
Shares

१६६ मेगावाटको सुपर तमोर आयोजनालाई जुट्यो १९ अर्ब ऋण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि ६ वटा बैंकले १९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
  • आयोजनामा ग्लोबल आइएमई बैंकले ५ अर्ब र बाँकी ५ बैंकले १४ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्।
  • क्रिष्टल पावर डेभलपमेन्ट प्रवर्द्धक रहेको यो आयोजना निर्माण शुरू भएको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

२१ जेठ, काठमाडौं । १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि ऋण लगानी जुटेको छ । उक्त आयोजनामा ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

साथै सिद्धार्थ बैंकले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले ४ अर्ब, प्रभु बंैकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको छ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निर्माण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ । सम्झौताअनुशार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ ।

यो आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्ष भित्र निर्माण सम्पन्न हुने छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी क्रिष्टल पावर डेभलपमेन्ट र सहभागी बैंकहरूबीच ऋण सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?