+
+
Shares

काठमाडौंमा मनीषा कोइरालासँग देखिए हलिउड स्टार जेट ली

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रसिद्ध हलिउड तथा चिनियाँ अभिनेता जेट ली काठमाडौंको नागार्जुनमा स्थापना भएको नयाँ बौद्ध गुम्बाको उद्घाटन समारोहमा सहभागी भएका छन् ।
  • बौद्ध धर्ममा आस्था राख्ने अभिनेता लीकी छोरी विगत केही वर्षदेखि नेपालकै एक गुम्बामा कार्यरत छिन् ।
  • नेपाल बसाइका क्रममा उनले बौद्ध भिक्षुहरू तथा नेपाली मूलकी चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालासँग भेटघाट गरेका छन् ।

काठमाडौं । प्रसिद्ध हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल आउनुजानु नौलो कुरा रहेन । बौद्ध धर्मसँग आस्था राख्ने उनी धार्मिक तीर्थाटनका लागि नेपाल आइरहन्छन् ।

उनी अहिले पनि काठमाडौंमा छन् । केही दिनअघि नागार्जुनमा स्थापना भएको नयाँ बौद्ध गुम्बा तर्गार ओसेल लिङ मोनास्ट्रीको भब्य उद्घाटन समारोहमा उनलाई देखियो ।

प्राप्त फोटो र भिडियोमा उनी अन्य बौद्ध भिक्षु र चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालासँग देखिएका छन् । उनकी छोरीलाई पनि फोटोमा देख्न सकिन्छ ।

स्रोतका अनुसार, अभिनेता लीकी छोरी केही वर्षदेखि नेपालका गुम्बामा कार्यरत छिन् । छोरीकै कारण उनी बेला-बेलामा आउने गरेको बताइन्छ । यसअघि उनी बौद्धको एक गुम्बामा देखिएका थिए भने लुम्बिनी दर्शनका लागि पनि पुगेका थिए ।

काठमाडौंमा आएको बेला उनले अभिनेत्री कोइरालासँग प्रायः भेट्ने गरेका छन् । मनीषा पनि आध्यात्मिक क्षेत्रमा रुचि राख्छिन् ।

ली चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आट्र्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन् । सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।

सन् २००० को फिल्म ‘रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । उनले ‘द वन’ (२००१) र ‘वार’ (२००७) मा जेसन स्ट्याथमसँग, ‘द फोर्बिडन किंगडम’ (२००८) मा ज्याकी च्यानसँग, सिल्भेस्टर स्टेलोनसँग तीनवटै ‘द एक्सपेन्डेबल्स’ फिल्महरू र ‘द ममीः टम्ब’मा चरित्र खलनायकको रूपमा सह-अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?