News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटामा भीरबाट लडेर १७ वर्षीय किशोर अस्मित रानाको मृत्यु भएको छ ।
- साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना खोला नजिकको करिब ९० मिटर अग्लो भीरबाट खसेका थिए ।
- जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
२१ जेठ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए ।
गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी गएराति बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4