+
+
Shares

पालुङटारमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान

अन्तरजातीय विवाह गर्ने जोडीलाई गोरखाको पालुङ्टार नगरपालिकाले सम्मान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको पालुङ्टार नगरपालिकाले २१ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा बिहीबार तीन अन्तरजातीय जोडीलाई सम्मान गरेको छ ।
  • सम्मानित हुनेमा जेम्स कोइराला र गंगा लामा, सुजन थापा क्षेत्री र रञ्जिता कुमाल तथा बरदान श्रेष्ठ र सचिन गुरुङको जोडी छन् ।
  • मेयर विवश चिन्तनले ‘अन्तरजातीय विवाह गरी सामाजिक रुपान्तरणको अभियानमा अमूल्य योगदान दिएकाले उनीहरुलाई सम्मान गरेका हौ,’ भने ।

२१ जेठ, गोरखा । अन्तरजातीय विवाह गर्ने जोडीलाई गोरखाको पालुङ्टार नगरपालिकाले सम्मान गरेको छ । २१ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर बिहीबार तीन जोडीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर १ का जेम्स कोइराला र गंगा लामा, वडा नम्बर ५ का सुजन थापा क्षेत्री र रञ्जिता कुमाल, सोही वडाका बरदान श्रेष्ठ र सचिन गुरुङको जोडीलाई सम्मान गरिएको मेयर विवश चिन्तनले जानकारी दिए ।

‘अन्तरजातीय विवाह गरी सामाजिक रुपान्तरणको अभियानमा अमूल्य योगदान दिएकाले उनीहरुलाई सम्मान गरेका हौ,’ उनले भने ।

खादा ओडाएर कदर पत्रद्वारा उनीहरूलाई सम्मान गरिएको देवकोटाको भनाइ छ ।

दिवसकै अवसरमा ‘जातीय भेदभावको व्यवहारिक उन्मूलनमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता समेत भएको थियो ।

प्रतियोगितामा युनाइटेड बोर्डिङ स्कुलका प्रिन्स गिरी पहिलो, त्रिवेणी माविकी रोजिना गुरुङ दोस्रो, भवानी माविकी दिपशिखा बख्रेल तेस्रो र अन्नपूर्ण माविकी समीक्षा रम्तेलले सान्त्वना स्थान हासिल गरेका छन् ।

उनीहरुले नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा कुल २० जना विद्यार्थी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?