News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेटवार्ता भएको छ ।
- पाँच दिने भ्रमणका क्रममा दिल्लीमा रहनुभएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च नेताहरूसँग भेटघाट गर्नुभएको छ ।
२१ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो । रास्वपा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत १८ गते नयाँ दिल्ली गएका थिए । भाजपाको निमन्त्रणामा दिल्ली गएका उनी त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयंशकर, भाजपाका नेताहरू लगायतसँग उनले भेट गरिसकेका छन् ।
आज दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ गोरसँग भेटवार्ता गरेका हुन् ।
गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन् । गोर यसअघि गत वैशाखमा नेपाल आएका थिए । त्यतिबेला पनि उनले सभापति लामिछाने लगायतका रास्वपा नेताहरूसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया 4