२२ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे बैठक बस्ने भनिएको थियो । तर, स्थगित भएको छ ।
आजको बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा छलफल गर्ने भनिएको थियो ।
साथै उपसमिति गठन गर्ने तयारी थियो । समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति र समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवम् निकायहरूको कामकारवाही अध्ययन एवम् निगरानी उपसमिति गठन गर्न लागेको छ ।
साथै, समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने तयारी समितिको छ ।
तर, शुक्रबार बैठक बस्न नै सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4