+
+
Shares

एलजी नेपालको ‘गेम अन विथ एलजी एआई टीभी’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकलाई लक्षित गर्दै 'गेम अन विथ एलजी एआई टीभी' अभियान सार्वजनिक गरेको छ ।
  • यस अभियान अन्तर्गत कम्पनीले छनोट भएका टीभी मोडलमा ४ वर्षको वारेन्टी र ३० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरेको छ ।
  • यो योजना २१ जेठदेखि ४ साउन २०८३ सम्म देशभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुनेछ ।

२२ जेठ, काठमाडौं । एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकलाई लक्षित गर्दै आफ्नो नवीनतम अभियान ‘गेम अन विथ एलजी एआई टीभी’ सार्वजनिक गरेको छ।

यस अभियानमार्फत् फुटबलका हरेक खेललाई उत्कृष्ट दृष्य गुणस्तर, जीवन्त ध्वनी तथा एलजीको अत्याधुनिक एआई प्रविधिको साथ अझ रोमाञ्चक अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ।

विश्वप्रसिद्ध एलजी ओएलईडी डिस्प्ले प्रविधिद्वारा सञ्चालित यी टेलिभिजन हरेक गोल, उत्कृष्ट बचाउ र उत्सवका क्षण दर्शकलाई मैदान नजिकै रहेको अनुभूति दिलाउन डिजाइन गरिएको छ।

अभियानलाई अझ आकर्षक बनाउन एलजीले छनोट भएका टीभी मोडलमा ४ वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ, जसअन्तर्गत ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र १ वर्षको अतिरिक्त विस्तारित वारेन्टी समावेश छ।

यस सुविधामार्फत ग्राहकले यस वर्षको फुटबल मात्र नभई आगामी वर्षहरूमा पनि ढुक्कका साथ मनोरञ्जनको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

‘यो सुविधा गुणस्तरीय, भरपर्दो तथा दीर्घकालीन उत्पादन उपलब्ध गराउने एलजीको प्रतिवद्धताको प्रतिबिम्ब हो’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘ग्राहकलाई टीभी खरिद अझ सहज बनाउन छनोट भएका मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नो कस्ट ईएमआई, उत्कृष्ट एक्स्चेन्ज मूल्याङ्कन तथा प्राथमिकता प्राप्त इन्स्टलेसन सेवा समेत उपलब्ध गराइएको छ।’

यो विशेष अफर २०८३ जेठ २१ गते (जुन ४) देखि साउन ४ गते (जुलाई १९) सम्म देशभरका आधिकारिक एलजी विक्रेतामार्फत लागु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?