News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री हेरफेरका लागि मुख्यमन्त्री कमलबहादुर शाह र दिवानसिंह विष्ट पक्षबीच मन्त्रालय भागबण्डा मिलेको छ ।
- कांग्रेसले मन्त्री हेरफेर गर्ने गृहकार्य गरेसँगै सत्तारुढ नेकपा एमालेभित्र पनि आफ्ना मन्त्रीहरू परिवर्तन गर्नुपर्ने माग उठेको छ ।
- एमालेका मन्त्रीहरू हेरफेर गर्ने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक परामर्श शुरू गर्नुभएको छ ।
२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मन्त्री हेरफेर गर्ने गृहकार्य अघि बढाएपछि सत्तारुढ नेकपा एमालेमा पनि बहस सुरु भएको छ । कांग्रेस संंसदीय दलमा देखिएको विवाद समाधान गर्दै मुख्यमन्त्री कमलबहादुर शाह र उनलाई हटाउन सक्रिय दिवानसिंह विष्ट पक्षबीच मन्त्रालय भागबण्डा भइसकेको छ ।
अहिले दुवै पक्ष मन्त्रीको नाम टुंगो लगाउन आन्तरिक छलफलमा व्यस्त छन् । कांग्रेसले मन्त्री हेरफेर गर्ने तयारी गरेपछि एमालेका नेताहरूले आफ्ना मन्त्री पनि परिवर्तन गर्नुपर्ने माग उठाइरहेका छन् ।
एमालेका एक नेताका अनुसार, कांग्रेससँगै सरकार पुर्नगठन गरि सरकारमा नयाँ व्यक्तिलाई पठाउनुपर्ने मागसहितको सन्देश नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पुुगाएका छन् ।
सुदूरपश्चिममा अहिले एमालेका तीन मन्त्री र एक राज्यमन्त्री रहेका छन् । ‘कांग्रेसले मन्त्री फेरिरहेको छ । कांग्रेससँगै हाम्रा मन्त्रीहरू पनि हेरफेर गर्नुपर्छ भन्ने हो,’ एक सांसदले भने, ‘यो विषयमा अध्यक्ष लगायतसम्म पुुगिसकेको छ । नेताहरू केन्द्रमा पनि भइरहेको छ ।’
एमालेमा यसअघि पनि संसदीय दलको नेताबाट राजेन्द्र सिंह रावललाई हटाउनुुपर्ने माग उठेको थियो । तर पछि अध्यक्ष ओलीले सांसदहरूलाई काठमाडौँ बोलाएर विवाद हल गरेका थिए । ओलीले अहिले मन्त्री हेरफेरको तल्लो तहका नेताको प्रस्तावबारे आन्तरिक परामर्श गरिरहेको स्रोत बताउँछ ।
एमालेबाट अहिले सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका हिरा सार्की छन् । निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा छन् ।
उनीहरू २०८१ साउनमा मन्त्रीमा नियुक्त भएका थिए । करीब दुई वर्षे कार्यकाल सरकारमा रहेका उनीहरूलाई फेर्नुुपर्ने आवाज विगतदेखि उठिरहेको थियो ।
प्रतिक्रिया 4