0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सभापति रवि लामिछानेले संसद्को गतिरोध अन्त्य गर्न सोमबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
  • सिंहदरबारमा बस्ने बैठकमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।
  • प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

जेठ २४, काठमाडौं । संसद्‌मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि लामिछानेले सोमबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबार, काठमाडौंमा बस्नेछ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूका पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।

रास्वपाले सर्वदलीय बैठकको सूचना तथा औपचारिक निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पठाइसकेको जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने  भनाई राखेपछि विपक्षीहरूले निरन्तर रुपमा संसद्‌मा प्रश्न उठाइरहेका छन् ।

त्यस्तै प्रतिनिधि सभा नियमावली पारित गर्ने लगायतका विषयमा सभामुखले खलेको भूमिकामाथि पनि विपक्षीहरूले प्रश्न गरिरहेका छन् । यही कारण बैठकहरू सहज रुपमा सञ्चालन हुन सकेका छैनन् । पाँच दिन पछि सोमबार  प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नु अघि नै सहमति खोज्नका लागि संसद्को ठूलो दलको हैसियतमा सभापति लामिछानेले बैठक राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?