0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै

उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राखेका छन् ।
  • संसद् खुलाउने प्रयासमा आज बसेको सर्वदलीय बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमति जुट्न सकेन ।
  • विपक्षी दलहरूले भारत भ्रमण र सीमा विवादबारे प्रधानमन्त्रीले नै संसद्मा जवाफ दिनुपर्ने अडान राखेका छन् ।

२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो ।

बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।

बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।

यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?