0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

करका दर हेरफेर प्रकरण : संसद्‌बाटै मागियो अर्थमन्त्रीमाथि संसदीय छानबिन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेरको सूचना चुहावट भएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्न माग गरेका छन्।
  • सांसद शाहीले करका दर हेरफेरको विषय संवेदनशील हुने भएकाले मन्त्रालयस्तरबाट नभई संसद्बाटै समिति गठन गरेर छानबिन हुनुपर्ने जिकिर गरे।
  • उनले सुशासनको नारा दिएर सरकारमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुशासनको बाटोमा नलाग्न समेत आग्रह गरे।

२५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन अघि बढाउन संसद् बैठकबाटै माग भएको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।

अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने उनको भनाइ छ ।

‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति चाहिन्छ । त्यसबाट छानबिन गर्नुहोस् । करका दर हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो यो ? यो सामान्य कुरा हो ? भन्सारको कर्मचारीलाई थाहा हुने कुरा हो यो ?,’ शाहीले प्रश्न गरेका छन् ।

देशका जम्मा तीन जना मान्छेलाई थाहा हुने विषय चुहिनुलाई गम्भीर रुपमा लिन उनले ध्यानाकर्षण गराए ।

‘देशका जम्मा तीन जना मान्छेलाई थाहा हुन्छ । एउटा अर्थमन्त्री, चाह्यो भने अर्थ सचिव र राजश्व सचिवलाई थाहा हुन्छ । यदी अर्थमन्त्रीले स्वीकृति दिनुभयो भने मात्रै,’ उनले भने, ‘यो ठूलो अपराध हो । सुशासनको आडमा बनेको सरकार हो यो । अहिले आएको १८२ सिट आएको छ, तपाईं हामीले कुनै काम गरेर आएको होइन ।’

साथै, उनले कुशासनको बाटोमा नलाग्न पनि रास्वपालाई आग्रह गरे ।

‘जनता वाक्क भएर सुशासन हुन्छ भनेर आएका हुन् । अहिले कुशासनको बाटोतिर नलाग्नुस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?