0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

उत्तर काेरिया भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति ‘किम इल सुङ स्क्वायर’ पुगे

चिनियाँ राष्ट्रपति सी चिनपिङ र उनकी पत्नी पेङ लियुआन कारमार्फत उत्तर कोरियाको राजधानी प्योङयाङस्थित किम इल सुङ स्क्वायर पुगेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १४:१६

चिनियाँ राष्ट्रपति सी चिनपिङ र उनकी पत्नी पेङ लियुआन कारमार्फत उत्तर कोरियाको राजधानी प्योङयाङस्थित किम इल सुङ स्क्वायर पुगेका छन्। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार त्यहाँ उनीहरूको स्वागतका लागि सैन्य ब्यान्ड र ‘उत्साही जनसमुदाय’ उत्सुकताका साथ पर्खिरहेका थिए।

त्यस क्षेत्रमा ‘उत्तर कोरिया र चीनबिच अमर मित्रता’ र ‘उत्तर कोरिया र चीनबिचको अटुट मित्रता जिन्दावाद’ लेखिएका ब्यानरहरू सजाइएका थिए । जसको बीचमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले चिनियाँ राष्ट्रपति दम्पतीको स्वागत गरेका थिए।

त्यसपछि राष्ट्रपति सीले उत्तर कोरियाली सेनाको कुलीन औपचारिक एकाइ ‘कोरियन पिपुल्स आर्मी’ को ‘गार्ड अफ अनर’ निरीक्षण गरे। सो क्रममा सैनिकहरूले कोरियाली भाषामा ठुलो स्वरमा ‘कमरेड सी चिनपिङको सुस्वास्थ्यको कामना गर्दछौँ’ भन्दै नारा लगाएका थिए।

सिन्ह्वाले सार्वजनिक गरेको भिडियो फुटेजमा समारोहमा उपस्थित बालबालिकाहरू खुसीले उफ्रिरहेको तथा सर्वसाधारणको ठुलो भीडले चीन र उत्तर कोरियाको झण्डा र पुष्पगुच्छा हल्लाउँदै उत्साहजनक रूपमा स्वागत गरिरहेको देखिन्छ।

दुई देशबीचको सम्बन्ध ‘नयाँ प्रस्थानबिन्दु’

सात वर्षमा पहिलो पटक उत्तर कोरियाको भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सी चिनपिङले दुई देशबीचको सम्बन्ध ‘नयाँ ऐतिहासिक प्रस्थानबिन्दु’ मा उभिएको बताएका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा उनको भव्य स्वागत गरिएको छ।

सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले राष्ट्रपति सीका लागि विमानस्थलमा ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गरेका थिए । सो अवसरमा चिनियाँ राष्ट्रपतिको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान गरिनुका साथै उपस्थित जनसमुदायले चीन र उत्तर कोरियाको झण्डा हल्लाएर स्वागत गरेका थिए।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले दुई देशको परम्परागत सम्बन्धको प्रशंसा गर्दै वर्तमान समयमा चीन र उत्तर कोरियाले ‘समयको नयाँ जिम्मेवारी’ काँधमा बोकिरहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?