News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको छ ।
- हङकङका लागि अंशुमन राथले ८० र शाहिद वासिफले ५५ रनको योगदान गरे ।
- नेपालका तर्फबाट शेर मल्लले चार ओभरमा ३२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
२५ जेठ, काठमाडौं । अंशुमन राथ र शाहिद वासिफलेे शानदार अर्धशतक बनाएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो । नेपालले १८९ रनको लक्ष्य पूरा गरेमा नेपालको टी-२०आईमा कीर्तिमानी रन चेज हुनेछ ।
हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रन बनाए । शिव माथुरले २६ रन बनाए ।
नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
एक समय १८ ओभरमा १७९-५ को अवस्थामा भएपनि हङकङले अपेक्षित फिनिसिङ भने गर्न सकेन ।
प्रतिक्रिया 4