News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पब्जी टिम होरा ईस्पोर्ट्स पब्जी मोबाईल ग्लोबल ओपनमा १२औं स्थान हासिल गर्दै फ्रान्समा हुने ईस्पोर्ट्स विश्वकप २०२६ का लागि छनोट भएको छ ।
- उक्त प्रतियोगितामा उत्कृष्ट सुरुवात गरे पनि लय गुमाएको होरा ईस्पोर्ट्स अन्ततः शीर्ष १२ भित्र पर्न सफल भएको हो ।
- यसअघिको पब्जी मोबाइल विश्वकपमा नवौं भएको यस टोलीले १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको थियो ।
२५ जेठ, काठमाडौं । नेपाली पब्जी टिम होरा ईस्पोर्ट्स आगामी ईस्पोर्ट्स विश्वकप २०२६ का लागि छनोट भएको छ ।
पब्जी मोबाईल ग्लोबल ओपन (पीएमजीओ) मा १२औं भएको होरा फ्रान्समा हुने ईस्पोर्ट्स विश्वकपमा छनोट भएको हो ।
पीएमजीओमा दमदार सुरुवात गरेपनि होराले लय गुमाएको थियो । यद्यपी १२औं स्थानभित्र पर्दै विश्वकपमा भने स्थान बनाउन सफल भयो ।
यसअघि भएको पब्जी मोबाइल विश्वकपमा होरा नवौं भएको थियो भने १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको थियो ।
फ्रिफायरतर्फ भने नेपालकै अर्को टिम डीआरएस गेमिङ छनोट भएको छ ।
प्रतिक्रिया 4