+

मोरक्को र नर्वेले खेले बराबरी

२०८३ जेठ  २५ गते ८:०२ २०८३ जेठ २५ गते ८:०२
मोरक्को र नर्वेले खेले बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को तयारी अन्तर्गत मैत्रीपूर्ण खेलमा मोरक्को र नर्वेले १-१ को बराबरी खेलेका छन् ।
  • न्युयोर्कमा भएको खेलमा मोरक्कोका ब्राहिम डियाज र नर्वेका मार्टिन ओडेगार्डले गोल गरे ।
  • खेलका क्रममा मोरक्कोका नाउसेर माज्राउइ र अब्दे एजालजोउली चोटका कारण मैदान बाहिरिएका छन् ।

२५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुनुअघिको मैत्रीपूर्ण खेलमा मोरक्को र नर्वेले १-१ को बराबरी खेलेका छन् । दुवै राष्ट्र जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुने विश्वकपको तयारीमा छन् ।

न्युयोर्कमा भएको खेलमा रियल मड्रिडका फरवार्ड ब्राहिम डियाजले मोरक्कोलाई अग्रता दिलाएपनि आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दोस्रो हाफमा नर्वेका लागि बराबरी गोल गरेका थिए ।

ब्राहिम डियाजले आठौं मिनेटमै गोल गर्दै मोरक्को सुरुवाती अग्रता दिलाएपनि अन्तिम १५ मिनेटभित्र नर्वेले बराबरी गोल फर्काएको थियो । नर्वेका कप्तान मार्टिन ओडेगार्डले ७५औं मिनेटमा बराबरी गोल गरेका थिए ।

खेलको दौरान दुई खेलाडीको चोट मोरक्कोका लागि चिन्ताको विषय बनेको छ । म्यानचेष्टर युनाइटेडबाट खेल्ने नाउसेर माज्राउइ र रियल बेटिसका विंगर अब्दे एजालजोउलीले चोटका कारण मैदान छाडेका थिए ।

२८ वर्षपछि विशुवकपमा फर्केको नर्वे यसपटक डार्क हर्स टोलीको रुपमा रहेको छ भने मोरक्को लगातार विश्वकप खेल्दैछ । सन् २०२२ मा ऐतिहासिक प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्को यस पटक पनि त्यही प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा छ ।

फिफा विश्वकप २०२६ को समूह सी मा रहेको मोरक्कोले जुन १४ मा पहिलो खेलमै ब्राजिलको सामना गर्नेछ । समूह आईमा रहेको नर्वेले १७ जुनमा इराकसँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

नर्वे फुटबल मोरक्को फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय