+

सेल्फ डिफेन्स प्रतियोगिता सम्पन्न

२०८३ जेठ  २४ गते २२:१३ २०८३ जेठ २४ गते २२:१३
सेल्फ डिफेन्स प्रतियोगिता सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सेल्फ डिफेन्स मार्शल आट्र्स संघद्वारा आयोजित तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालित प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ।
  • विभिन्न उमेर समूहका करिब १२० जना खेलाडी सहभागी भएको उक्त प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।
  • समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्की पूर्वसदस्य सुवर्ण श्रेष्ठले समाजमा आत्मविश्वास, अनुशासन र सुरक्षाका लागि आत्मरक्षा सीप आवश्यक रहेको बताउनुभयो।

२४ जेठ, काठमाडौं । नेपाल सेल्फ डिफेन्स मार्शल आट्र्स संघको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सेल्फ डिफेन्स प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

आत्मरक्षा सम्बन्धी चेतना अभिवृद्धि, महिला तथा युवाहरूको सशक्तीकरण, खेलकुद विकास तथा सामाजिक सुरक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा करिब १२० जना खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका निवर्तमान कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ रहेकी थिइन् ।

प्रतियोगिता सिनियर महिला, सिनियर पुरुष, जुनियर महिला, जुनियर पुरुष, खुल्ला महिला तथा खुल्ला पुरुष गरी विभिन्न विधामा सञ्चालन गरिएको थियो ।

सिनियर पुरुष (व्यक्तिगत) तर्फ आरम्भ रोकाया प्रथम, विनित थापा द्वितीय तथा धुर्व साह तृतीय भए। सिनियर महिला (व्यक्तिगत) तर्फ रिमा कुमारी चौधरी प्रथम, पूजा सार्की द्वितीय तथा जयन्ती साह तृतीय भइन् ।

जुनियर पुरुष (व्यक्तिगत) तर्फ अनमोल तामाङ प्रथम, क्रेशन साउद द्वितीय तथा आरभ दुलाल तृतीय भए भने जुनियर महिला (व्यक्तिगत) तर्फ आशिका कार्की प्रथम, सुष्मा कार्की द्वितीय तथा रोस्मिता भण्डारी तृतीय भइन् ।

त्यसैगरी खुल्ला महिला तर्फ ओसिन राई प्रथम, निष्ठा तिमिल्सिना द्वितीय तथा पायल माझी तृतीय भइन् । खुल्ला पुरुष तर्फ प्रसन कुँवर प्रथम, मुकेश राया द्वितीय तथा धुर्व साह तृतीय भए ।

प्रतियोगितामा प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त खेलाडीहरूलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. १,५०० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

समापन समारोहमा प्रमुख अतिथि सुवर्ण श्रेष्ठले आत्मरक्षा सम्बन्धी सीप आजको समाजमा अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै युवाहरूमा आत्मविश्वास, अनुशासन र सुरक्षा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

नेपाल सेल्फ डिफेन्स मार्शल आट्र्स संघले आगामी दिनमा पनि आत्मरक्षा तथा मार्शल आट्र्सको विकास, महिला सशक्तीकरण र सामाजिक चेतना विस्तारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

नेपाल सेल्फ डिफेन्स मार्शल आट्र्स संघ नेपालमा आत्मरक्षा सम्बन्धी चेतना अभिवृद्धि, महिला तथा युवाहरूको सशक्तीकरण, खेलकुद विकास तथा सामाजिक सुरक्षाका क्षेत्रमा काम गर्ने उद्देश्य सहित स्थापित संस्था हो ।

संस्थाले विभिन्न उमेर समूहका व्यक्तिहरूलाई आत्मरक्षा तालिम, मार्शल आट्र्स प्रशिक्षण, खेलकुद प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक अभियान सञ्चालन गर्दै आइरहेको छ ।

सेल्फ डिफेन्स प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय