+

एन्जल्स हार्ट भलिबलमा हिमरश्मि र एन्जल्स हार्ट नेसनलको जित

२०८३ जेठ  २४ गते २२:०४ २०८३ जेठ २४ गते २२:०४
एन्जल्स हार्ट भलिबलमा हिमरश्मि र एन्जल्स हार्ट नेसनलको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगितामा हिमरश्मि र एन्जल्स हार्ट नेसनल स्कुलले आइतबार जित हात पारेका छन् ।
  • लिग कम नकआउट प्रणालीमा सञ्चालित यस खेलमा १९ टोली सहभागी रहेका छन् ।
  • प्रतियोगितामा माध्यमिक शिक्षा परीक्षा दिएका र १८ वर्ष उमेर ननाघेका विद्यार्थीमात्र सहभागी हुन पाउने छन् ।

२४ जेठ, काठमाडौं । हिमरश्मि र एन्जल्स हार्ट नेसनल स्कुलले दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय/कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भएको खेलमा हिमरश्मिले न्युटन ‘बी’ लाई २५–१५ र २५–११ तथा एन्जल्स हार्ट नेसनलले नेपाल राष्ट्रिय माविलाई ११–२५, २५–१६ र १५–१२ ले पराजित गरे ।

एन्जल्स हार्ट माविको आयोजनामा भइरहेको प्रतियोगितामा सेन्ट लरेन्सले पाटन हाइ स्कुललाई २५–१२ र २५–१६, न्युटन ‘ए’ ले गीताञ्जलीलाई २५–१७ र २५–१८, ग्रिनफिल्डले सेन्ट लरेन्सलाई २५–२० र २५–२१, चाणक्यले न्युटन ‘बी’ लाई २५–२३ र २५–१७ र नेपाल राष्ट्रिय माविलाई २५–२३, १८–२५ र १५–८, लालीगुराँसले कल्याण माविलाई २५–१३ र २५–१८ तथा हिमरश्मिले एन्जल्स हार्ट नेसनललाई २५–१६ र २५–२१ को सेटमा हराए ।

लिग कम नकआउट प्रतियोगितामा १९ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ ।

प्रतियोगितामा २०८२ सालमा एसइइ दिएका तथा कक्षा ११ र १२ को हकमा राष्ट्रिय परिक्षा बोर्डमा ०८२÷०८३ को रजिस्ट्रेसन प्राप्त १८ वर्ष ननाघेका विद्यार्थीले सहभागी हुन पाउने प्रावधान छ ।

एन्जल्स हार्ट अन्तरविद्यालय-कलेज स्तरीय भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय