+

राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा आर्मी र एपीएफलाई २–२ स्वर्ण

२०८३ जेठ  २४ गते २२:०० २०८३ जेठ २४ गते २२:००
राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा आर्मी र एपीएफलाई २–२ स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाल आर्मी र एपीएफले समान २–२ स्वर्ण पदक जितेका छन् ।
  • पुरुष खुलामा आर्मीका अमित महर्जन र ५५ केजीमुनि भुपेन्द्रबहादुर ओलीले स्वर्ण जितेका छन् ।
  • महिलातर्फ एपीएफकी अनिशा तामाङ र ५० केजीमुनि रिना माझीले स्वर्ण जितेका छन् ।

२४ जेठ, काठमाडौं । नेपाल आर्मी र एपीएफले प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा आइबार समान २–२ स्वर्ण जितेका छन् ।

नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा भएको प्रतियोगितामा पुरुष/महिलामा समान २–२ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा आर्मीले पुरुषमा २ तथा महिलामा एपीएफले २ स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुलामा आर्मीका अमित महर्जन तथा ५५ केजीमुनि भुपेन्द्रबहादुर ओलीले स्वर्ण जिते । महिला खुलामा एपीएफकी अनिशा तामाङ तथा ५० केजीमुनि एपीएफकी रिना माझीले पहिलो स्थान हात पारे ।

विजेतालाई राखेपका कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफका १ सय २५ खेलाडीको सहभागिता रहेको आयोजक महासंघका अध्यक्ष सूर्य बुढाथोकीले जनाएका छन् ।

चारै स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

राष्ट्रिय फुल कन्ट्याक्ट कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय