+

दोस्रो खुला जुडो प्रतियोगितामा प्रवीण, राजु र मोनिकालाई स्वर्ण

२०८३ जेठ  २४ गते २२:०३ २०८३ जेठ २४ गते २२:०३
दोस्रो खुला जुडो प्रतियोगितामा प्रवीण, राजु र मोनिकालाई स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो खुला जुडो प्रतियोगितामा नेपाल आर्मीका प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले स्वर्ण पदक जितेका छन् ।
  • जापानका राजदूत तोरु मेदा र आयोजक सरोज महर्जनले विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित पुरस्कृत गर्नुभयो ।
  • खुशिबुँमा आयोजित एकदिने जुडो प्रतियोगितामा तीन विभागीय टोलीसहित ११ टोलीका ५२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । ३ स्पर्धा प्रतिस्पर्धा भएको प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाडी नेपाल आर्मीका हुन् ।

खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा भएको पुरुष ७३ केजीमुनि फाइनलमा प्रवीणले आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित गरे । आर्मीको ताराबहादुर भुजेल र अनिल बलामी तेश्रो भए ।

पुरुष १०० केजीमुनि फाइनलमा राजुले ट्राइ फोर्स जुडो क्लब, भुटानका तन्जिन दोर्जीलाई हराए । एपीएफका निर्दोष चलाउने र आर्मीका धिरेन्द्रकुमार थारु तेश्रो बने ।

महिला ५७ केजीमुनि मोनिकाले आर्मीकै पार्वती आचार्यलाई फाइनलमा पाखा लगाइन् । पाम जुडो क्लबकी पेमा याङजी शेर्पा र एपीएफकी सुनिता थिङले कांस्य जिते । तीनै स्पर्धामा पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई नेपालका लागि जापानका राजदूत तोरु मेदा, आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा तीन विभागीय टोली (आर्मी, एपीएफ र नेपाल प्रहरी), भुटानका २ क्लबसहित ११ टिमका ५२ खेलाडीले सहभागिता जनाएको आयोजक एकेडेमीका निर्देशक महर्जनले जनाएका छन् ।

दोस्रो खुला जुडो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय