+

नखिपोट खुला बास्केटबलमा बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डको विजयी सुरुआत

२०८३ जेठ  २४ गते २२:०१ २०८३ जेठ २४ गते २२:०१
नखिपोट खुला बास्केटबलमा बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डको विजयी सुरुआत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा पाँचौं नखिपोट खुला बास्केटबल प्रतियोगिता शुरू भएको छ, जसको उद्घाटन वडाध्यक्ष अमृतजंग महतले गर्नुभयो ।
  • महिलातर्फको पहिलो खेलमा बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डले विजयी शुरूआत गरेका छन् ।
  • जेठ ३० गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

२४ जेठ, काठमाडौं । बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा आइतबार विजयी सुरुआत गरेका छन् ।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा बूढानीलकण्ठले आईएस नेपाललाई ६५–१२ ले सहजै पराजित ग¥यो । बूढानीलकण्ठको जितमा प्रीति तुलाचनले १४ अंक योगदान गरिन् ।

चारै क्वाटरमा अग्रता बनाएको बूढानीलकण्ठले क्रमशः २१–५, ११–७, १२–२ र २१–४ को प्रदर्शन ग¥यो ।

रोशनी श्रेष्ठको १४ अंक सहयोगमा ट्रेनिङ ग्राउन्डले बलर्सलाई ७३–४१ ले हरायो । पहिलो क्वाटरमा १४–७ को अग्रता बनाएको ट्रेनिङ ग्राउन्डले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै २०–१२, २१–१४ र १८–८ स्कोर गर्‍यो ।

प्रतियोगिताको ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महतले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुषमा मोफसलको २ सहित १९ तथा महिलामा ६ टिमको सहभागिता रहेको छ ।

पुरुषको खेल नकआउट तथा महिलाको खेल लिग कम नकआउट पद्धतिमा हुनेछ । मोफसलबाट पहिलोपटक टिम सहभागी भएको हो । पुरुषमा नेपाल आर्मी तथा महिलामा माउन्टेन मुभर्स साविक विजेता हुन् ।

पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलामा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार हात पार्ने छन् । पुरुषतर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ ले २० हजार र महिलाले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उदीयमान पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

ललितपुर महानगरपालिका वडा १४ को मुख्य प्रायोजन तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल जेठ ३० गते हुनेछ ।

नखिपोट खुला बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय