0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सभापति चयन भएपछि विवादित बन्यो बागलुङमा रास्वपा अधिवेशन

शनिबार भएको जिल्ला अधिवेशनले पुनम शर्मा सभापतिमा सर्वसम्मत् चयन भएका गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको अधिवेशनबाट पुनम शर्मा सभापतिमा चयन भए पनि नेतृत्व चयनमा विवाद उत्पन्न भएको छ ।
  • सभापतिका आकांक्षी ढालेन्द्र माझीसहित असन्तुष्ट पक्षले नयाँ नेतृत्वलाई अस्वीकार गर्दै पार्टी केन्द्रमा उजुरी दिएका छन् ।
  • उजुरी परेपछि रास्वपाले बागलुङलाई अधिवेशन सम्पन्न नभएका जिल्लाहरूको सूचीमा राखेको छ ।

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको भनिएपनि विवाद भएको छ ।

शनिबार भएको जिल्ला अधिवेशनले पुनम शर्मा सभापतिमा सर्वसम्मत् चयन भएका गरिएको थियो ।

असन्तुष्ट पक्षले शर्माको नेतृत्वलाई अस्विकार गर्दै केन्द्रमा उजुरी दिएको छ । सभापतिका आकांक्षी समेत रहेका उपसभापति ढालेन्द्र माझीले केन्द्रलाई जानकारी गराएको बताए ।

‘उहाँ पार्टी संगठनमा काम गरेको व्यक्ति पनि होइन । नयाँ व्यक्ति ल्याएर सभापति बनाइयो,’ माझीले अनलाइनखबरसँग भने,‘उहाँलाई मैले नै चिन्दिन । हामीले यो बारेमा केन्द्रलाई जानकारी गराएका छौं ।’

प्रतिनिधि सभा सदस्यद्वय संघीय सांसद सोम शर्मा, सुशील खड्काको उपस्थितिमा भएको प्रथम अधिवेशनले सभापतिमा शर्माको नाम घोषणा गरिएको थियो । हालका सभापति महेन्द्र खड्काले सर्वसम्मत् चयन गरिएको तर हाल विवाद निकालिएको बताएका छन् ।

‘त्यो बेला सर्वसम्मत गर्न सबै साथीहरु तयार हुनुभएको हो । अहिले किन विवाद निकाल्नुभयो । थाहा भएन ।’

रास्वपाले गण्डकीका जिल्लाहरु मध्ये मनाङ र मुस्ताङको अधिवेशन हाल नगर्ने निर्णय गरेको थियो । उजुरी परेपछि बागलुङमा अधिवेशन सम्पन्न नहुने जिल्लाहरुको सूचीमा रास्वपाले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?