0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न सडक विभागले आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक डिभिजन कार्यालय महेन्द्रनगरले गड्डाचौकीदेखि चिसापानीसम्मको महेन्द्र राजमार्गको अतिक्रमित सडक सीमा खाली गर्न १५ दिने सूचना जारी गरेको छ ।
  • सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाए सडक ऐन अनुसार हटाई सोको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गरिने कार्यालयले जनाएको छ ।
  • गड्डाचौकीदेखि चिसापानीसम्मको १२६ किलोमिटर सडक खण्डमा लामो समयदेखि अस्थायी टहरा र शौचालयलगायत संरचना निर्माण भएका छन् ।

२५ जेठ, महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिएको छ ।

कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न सडक विभागले आग्रह गरेको हो ।

सडक सीमा अतिक्रम गरी निर्माण भएका संरचना नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को उपदफा (३) बमोजिम हटाइने र सो कार्यबापत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने व्यवस्था छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले पन्ध्र दिने सूचना जारी गरी सडक सीमा सडक केन्द्रबाट २५/२५ मिटर दायाँबायाँ कायम रहेको जनाउँदै सार्वजनिक जमिन खाली गर्न आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले जानकारी दिए।

गड्डाचौकीदेखि चिसापानीसम्मको १२६ किलोमिटर खण्डको धेरै ठाउँमा लामो समयदेखि अस्थायी टहरा, प्रतीक्षालय, शौचालयलगायत संरचना निर्माण भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?