0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

मधेश प्रदेशलाई संघ सरकारबाट ३० अर्बभन्दा बढी अनुदान

संघीय सरकारद्वारा सार्वजनिक बजेट तथा वित्तीय हस्तान्तरण विवरणअनुसार मधेश प्रदेशले समानीकरण अनुदान अन्तर्गत ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेशलाई कुल ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ बजेट हस्तान्तरण गर्ने भएको छ ।
  • मधेश प्रदेशले वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान शीर्षकमा ७ अर्ब ८४ करोड ८५ लाख र राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त गर्नेछ ।
  • सरकारले आगामी आर्थिक वर्षका लागि सशर्त अनुदानतर्फ ८ अर्ब १० करोड, विशेष अनुदानमा ७० करोड र समपूरक अनुदानमा ९४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

२५ जेठ, जनकपुरधाम । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेश सरकारलाई विभिन्न शीर्षकमा ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँभन्दा बढी अनुदान तथा राजस्व बाँडफाँट उपलब्ध गराउने भएको छ ।

संघीय सरकारद्वारा सार्वजनिक बजेट तथा वित्तीय हस्तान्तरण विवरणअनुसार मधेश प्रदेशले समानीकरण अनुदान अन्तर्गत ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, राजस्व बाँडफाँट मार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने भएको जनाएको छ ।

त्यसैगरी, संघीय सरकारले सशर्त अनुदान शीर्षकमा ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । विभिन्न विकास आयोजना तथा कार्यक्रम सञ्चालनका लागि विशेष अनुदान अन्तर्गत ७० करोड रुपैयाँ तथा समपूरक अनुदान अन्तर्गत ९४ करोड रुपैयाँ उपलब्ध गराइने भएको छ ।

समग्रमा मधेश प्रदेशले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष, सम्पूरक अनुदान तथा राजस्व बाँडफाँट गरी कुल ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।

प्रदेश सरकारका लागि प्राप्त हुने यी स्रोतहरू पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा अन्य सार्वजनिक सेवा प्रवाहका कार्यक्रम सञ्चालनमा खर्च गरिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?