News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तर कोरियाली नेताकी बहिनी किम यो-जोङले अमेरिकाको आणविक निशस्त्रीकरणको मागलाई ‘समय सान्दर्भिक नभएको एउटा भ्रम’ भएको बताइन्।
- उनले उत्तर कोरियाको आणविक हतियारसम्पन्न देशको हैसियतलाई पछाडि हट्न नसकिने एउटा ‘लक्ष्मणरेखा’ भएको उल्लेख गरिन्।
- किमले आफ्नो रक्षा र सार्वभौमसत्ताको सवालमा प्योङयाङले कहिल्यै कुनै सम्झौता नगर्ने स्पष्ट पारिन्।
२५ जेठ, काठमाडौं । गत महिना राष्ट्रपति डोनाल्ड ट्रम्पको सी जिनपिङसँगको भेटवार्तापछि अमेरिकाले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने साझा लक्ष्यमा सहमति भएको बताएको थियो। यद्यपि, चिनियाँ पक्षको आधिकारिक विज्ञप्तिमा भने यस विषयको कुनै उल्लेख थिएन।
तर उत्तर कोरियाली सरकारी समाचार एजेन्सी ‘केसीएनए’ का अनुसार उत्तर कोरियाली शासक किम जोङ उनकै बहिनी किम यो-जोङले अमेरिकी टिप्पणीलाई ‘झूटो सूचना’ भनेकी छन्। उनले अमेरिकाको आणविक निशस्त्रीकरणको मागलाई ‘समय सान्दर्भिक नभएको एउटा भ्रम’ (एनाक्रोनिस्टिक ड्रिम) को रूपमा टिप्पणी गरेकी छन्।
उनले भनिन, ‘आत्मरक्षाका लागि आणविक युद्ध प्रतिरोध क्षमतालाई निरन्तर सुदृढ पार्नु… विना सर्त पालना गरिने एउटा अपरिवर्तनीय र अन्तिम निष्कर्ष हो।’
वर्कर्स पार्टीको जनरल अफेयर्स डिपार्टमेन्टकी प्रमुख समेत रहेकी किमले थपिन्, ‘उत्तर कोरिया को आणविक हतियारसम्पन्न देशको हैसियत अब पछाडि हट्न नसकिने एउटा लक्ष्मणरेखा हो। कसैले यसलाई स्वीकार गरोस् वा नगरोस्, यो एउटा अकाट्य यथार्थ हो।’
उत्तर कोरियाले आफ्ना आणविक हतियारहरूलाई आत्मरक्षाको मुख्य कडी मान्दै आएको छ। किमले प्योङयाङले ‘आफ्नो रक्षा र सार्वभौमसत्ताको सवालमा कहिल्यै कुनै सम्झौता नगर्ने’ कुरा स्पष्ट पारेकी छन्।
प्रतिक्रिया 4