0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कांग्रेसले बोलाएको विपक्षी दलको बैठक सुरु, को-को छन् सहभागी ?

आज विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १६:१२

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ । मंगलबार सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको हो ।

बैठकमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राई, नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, दलको उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट खुश्बु ओलीसहितका नेता सहभागी छन् ।

आज विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए ।

त्यसपछि कांग्रेसले अहिले विपक्षी दलको बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?