0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

चौँरीका ३६८ वटा पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १४:२८
फाइल तस्वीर

२७ जेठ, सङ्खुवासभा ।  मकालु गाउँपालिका–३ हेदाङ्नामा ३६८ वटा चाैँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याएका ती चौँरीका पुच्छरको कुल मूल्य पाँच लाख ५० हजार मूल्य बराबर हुन आउने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हेदाङ्ना चेकपोष्टमा भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको १–०२–००३ त १२१७ नम्बर ट्याक्टर जाँच गर्ने क्रममा अवैध चाैँरीको पुच्छर फेला परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याइएको  चौँरीको पुच्छर कसको हो, भन्ने अहिलेसम्म खुल्न सकेको छैन । नियन्त्रणमा लिएको अवैध चौँरीको पुच्छर किमाथाङ्का भन्सार कार्यालय खाँदबारीमा बुझाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हेदाङ्नाको गस्ती टोलीले चौँरीको पुच्छर र ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको  छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?