0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

विपक्षी दलहरूसँग संवाद्‌मा सभामुख

प्रतिनिधिसभाको बैठक सञ्चालनमा अवरोध गर्दै आएका विपक्षी दलका नेताहरूसँग सभामुख आफैँले संवाद गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १५:११

२७ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डिपी) विपक्षी दलहरूसँग संवादमा जुटेका छन् । प्रतिनिधिसभाको बैठक सञ्चालनमा अवरोध गर्दै आएका विपक्षी दलका नेताहरूसँग सभामुख आफैँले संवाद गरेका हुन् ।

यसअघि विपक्षी दलहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संवाद गरेका थिए । त्यसपछि विपक्षी दलहरू छुट्टै छलफलमा बसेका थिए ।

लगत्तै सभामुखसँग विपक्षी दलका नेताहरूको संवाद सुरु भएको हो । सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक प्रभावित छ । विपक्षी दलहरूले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिमा प्रश्न उठाउँदै आएका छन् ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

यही विषयmलाई लिएर विपक्षी दलहरूले विरोध गरेका कारण प्रतिनिधिसभाको बैठक चल्न सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?