२७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले परीक्षा हलभित्र भेटिएका मोबाइल फोन र त्यसको डाटा नष्ट नगर्न प्रहरीलाई आदेश दिएको छ ।
सिरहाका परीक्षा हलभित्र भेटिएका मोबाइल फोनहरू प्रहरीले पानीमा डुबाएर नष्ट गरेपछि सर्वोच्च अदालतले त्यसो नगर्न आदेश दिएको हो ।
मोबाइल फोनहरू पानीमा डुबाएर नष्ट गरिएको भनी अधिवक्ता अनिलकुमार साह लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले परीक्षा हलमा भेटिएका मोबाइलहरू नष्ट नगरी सुरक्षित राख्नु भनी गृह मन्त्रालय लगायत जिल्ला प्रशासन कार्यालय सिराहालाई आदेश दिएको हो ।
सर्वोच्च अदालतले ‘किन त्यसरी मोबाइल फोन र त्यसमा रहेका डाटा नष्ट गरिएको हो ?’ भन्नेबारे कारण पेस गर्न पनि सरोकारवाला निकायलाई आदेश दिएको छ ।
प्रतिक्रिया 4