+
+
Shares

एक जिल्लाबाट एक सांसद बनाउने प्रस्ताव अवैज्ञानिक : तमलोपा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते ११:४८

२९ जेठ, काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले एउटा जिल्लाबाट एक जना सांसद बनाउने निर्वाचन आयोगको प्रस्ताव अवैज्ञानिक र असंवैधानिक भएको जनाएको छ । ७७ जिल्लाबाट ७७ सांसद बनाउँदा जनसंख्याको आधारमा हुनु पर्ने प्रतिनिधित्व प्रभावित हुने तमलोपाको ठहर छ ।

आयोगको प्रस्तावले कोशी, मधेश र बागमतीका ७५ प्रतिशत जनताको प्रतिनिधिसभामा ३३ प्रतिशत मात्र प्रतिनिधित्व हुने तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै पहाड र हिमालका २५ प्रतिशत जनताको भने ६६ प्रतिशत प्रतिनिधित्व हुने देखिन्छ ।

निर्वाचन आयोगले क्षेत्राधिकार बाहिर सुझाव दिएको तमलोपाको आरोप छ । आयोगले स्वच्छ र निश्पक्ष निर्वाचनका लागि प्राविधिक र व्यवस्थापकीय सुझाव मात्र दिन सक्ने उल्लेख गरेको छ ।

त्यस्तै, संविधान संशोधन बहसपत्र कार्यदलले अरुसँग सल्लाह लिनु भन्दा पहिला आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने तमलोपाको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?