News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्डको सर्वेक्षणमा शकिरा र बर्ना ब्वायको गीत ‘दाई दाई’ विश्वकप फुटबलको सर्वकालीन उत्कृष्ट गीत घोषित भएको छ ।
- उक्त सर्वेक्षणमा ३१.२८ प्रतिशत मतका साथ ‘दाई दाई’ पहिलो र २६.६४ प्रतिशत मतसहित ‘वाका वाका’ दोस्रो स्थानमा रहेका छन् ।
- सन् १९९८ को फ्रान्स विश्वकपका लागि रिकी मार्टिनले गाएको गीत ‘कप अफ लाइफ’ झन्डै २५ प्रतिशत मतका साथ तेस्रो स्थानमा छ ।
शकिरा र बर्ना ब्वायको गीत ‘दाई दाई’ विश्वकप फुटबलको सर्वकालिन उत्कृष्ट गीत घोषित भएको छ । प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्डले यो गीतलाई सबै समयको उत्कृष्ट विश्वकप गीतको रुपमा उल्लेख गरेको हो ।
आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१.२८ प्रतिशत मत पाउँदै ‘दाई दाई’ उत्कृष्ट विश्वकप गीत बनेको बिलबोर्डले उल्लेख गरेको छ । शकिराकै अघिल्लो बहुचर्चित विश्वकप गीत ‘वाका वाका : दिस टाइम फर अफ्रिका’ २६.६४ प्रतिशत मत पाउँदै सूचीको दोस्रो स्थानमा छ ।
सन् १९९० देखि अहिलेसम्म विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेका कुल १० विश्वकपका आधिकारिक गीतमध्ये पाठकले मतदान गरेका थिए ।
फिफा विश्वकपका आधिकारिक गीतहरूमध्ये यस वर्षको गीतलाई समर्थकले सर्वाधिक रुचाएका छन् । मे महिनामा संगीतकर्मी शक र बर्ना बोयले संयुक्त रूपमा सार्वजनिक गरेको फिफा विश्वकप २०२६ को आधिकारिक गीतले अफ्रोबिट्स, डान्स-पप, रेगेटोन र विश्व संगीतको मिश्रण प्रस्तुत गर्दै खेलकुदको एकता र उत्साहको सन्देश दिएको छ ।
गीतमा डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सीजस्ता फुटबलका दिग्गज खेलाडीको पनि उल्लेख गरिएको छ ।
यसैबीच, सन् १९९८ को फ्रान्स विश्वकपका लागि रिकी मार्टिनले गाएको चर्चित गीत ‘कप अफ लाइफ (ला कोपा दे ला भिडा)’ झन्डै २५ प्रतिशत मतसहित तेस्रो स्थानमा परेको छ ।
विश्वकपको इतिहासकै सबैभन्दा लोकप्रिय गीतमध्ये एक मानिने यस गीतले रिकी मार्टिनको सांगीतिक यात्रामा महत्वपूर्ण मोड ल्याएको थियो । उक्त गीत बिलबोर्ड हट १०० मा ६०औँ स्थानसम्म पुगेको थियो भने उत्कृष्ट ल्याटिन पप प्रस्तुति विधामा ग्रामी अवार्डसमेत जितेको थियो ।
मतदातामाझ लोकप्रिय बनेका अन्य विश्वकप गीतहरूमा पिटबुल, जेनिफर लोपेज र क्लाउडिया लेइटेले गाएको ‘ओले ओला (वी आर वन)’ तथा इल डिभो र टोनी ब्र्याक्सटनको ‘द टाइम अफ आवर लाइभ्स’ पनि रहेका छन् ।
प्रतिक्रिया 4