News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको नमोबुद्धमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
- दुर्घटनामा घाइते भएका १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
- बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो ।
२९ जेठ, काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध २ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको समयमै उद्धार भएको जिल्ला समन्वय प्रमुख दीपक गौतमले बताए ।
उद्धारका लागि समन्वय प्रमुख गौतम, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, जिल्ला प्रहरी प्रमुख रविन कार्की, सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटरका एसपी माधव रेग्मी र जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्ट घटनास्थलमा पुगेका थिए ।
कस्तो छ घाइतेहरूको अवस्था ?
१) काभ्रेपलाञ्चोकको रोशी ८ बस्ने बर्ष २२ की एनिशा तामाङको हात खुट्टामा चोट, अवस्था मध्यम
२) रोशी ६ की विष्णु डोल्मो तामाङ, निधार, नाक र पेटमा चोट, अवस्था मध्यम
३) रोशी ८ का नबहादुर तामाङ, टाउको अनुहारमा चोट, अवस्था मध्यम ।
४) रोशी ८ का चन्द्र तामाङ, निधार, हात खुट्टामा चोट, अवस्था मध्यम ।
५) रोशी ८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।
६) रोशी ८ का मनबहादुर तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।
७) रोशी ७ बस्ने डम्बरबहादुर शाह,टाउको, दाहिने हात र खुट्टामा चोट अवस्था गम्भीर ।
८) रोशी ८ का कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, अवस्था मध्यम ।
९) जिल्ला बर्दिया बाह्र बर्दिया १२ का सुरेश बहादुर बादी, निधार, दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
१०) बनेपा ३ का घोयासिंह तामाङ (चालक) दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, अवस्था मध्यम ।
११) रोशी २ की बिष्णुमाया लामा, टाउकोमा चोट, अवस्था मध्यम ।
१२) तेमाल ८ का मनुराज तामाङ, टाउको, गर्दन, छातिमा चोट अवस्था मध्यम ।
१३) हाल नाम थर वतन नखुलेको सुवास भन्ने अंन्दाजी ५ बर्षको बालक देब्रे खुट्टामा चोट, अवस्था मध्यम ।
१४) नाम नखुलेको १ बर्षको बालकको टाउकोमा चोट ।
१५) हाल नाम थर वतन नखुलेको पुरुष व्यक्ति टाउकोमा चोट, अवस्था गम्भीर ।
१६) हाल नाम थर वतन नखुलेको बर्ष २०–२२ की महिला टाउकोमा,शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भीर ।
प्रतिक्रिया 4