+
+
Shares

कोशी युवा सम्मेलन : नीतिगत निर्णयमा युवाको अर्थपूर्ण सहभागिताको माग

कोशी प्रदेश स्तरीय युवा सम्मेलनले नीतिगत निर्णयमा युवाको अर्थपूर्ण सहभागिताको माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय युवा सम्मेलनले नीतिगत निर्णयमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।
  • सम्मेलनले योजना तर्जुमा प्रक्रियामा युवा नागरिक समाजको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व र युवामैत्री बजेट निर्माणको माग गरेको छ ।
  • युवा उद्यमीलाई बिना धितो ऋण र कुल स्वास्थ्य बजेटको ५ प्रतिशत मानसिक स्वास्थ्यमा विनियोजन गर्न सम्मेलनले माग गरेको छ ।

२९ जेठ, विराटनगर । कोशी प्रदेश स्तरीय युवा सम्मेलनले नीतिगत निर्णयमा युवाको अर्थपूर्ण सहभागिताको माग गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका युवाहरूको सहभागितामा सम्पन्न प्रदेश युवा सम्मेलनले यस्तो माग गरेको हो ।

विराटनगरमा जेठ २८ र २९ गते भएको सम्मेलनले युवाको सहभागिता, समृद्ध प्रदेशको आधार भन्ने संकल्प पनि पारित गरेको छ । सम्मेलनले युवा परिषद्लाई थप शक्तिशाली र स्रोत–साधन सम्पन्न बनाउन माग पनि गरेको छ ।

स्थानीय र प्रादेशिक योजना तर्जुमा प्रक्रियामा युवा नागरिक समाजको कम्तीमा २० प्रतिशत अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र युवालाई समेटेर बजेट निर्माण गर्नुपर्ने माग सम्मेलनले गरेको छ ।

सम्मेलनले किराँत, धिमाल, राजवंशी, सन्थाल, राई, लिम्बु लगायतका समुदायको परम्परागत सीप संरक्षणका लागि प्रादेशिक रैथाने ज्ञान र नवप्रवर्तन केन्द्र स्थापना गर्न पनि माग गरेको छ ।

युवा उद्यमीलाई प्रोत्साहन गर्न कर छुट, बिना धितो युवा नवप्रवर्तन ऋण र स्वदेशी उत्पादनको पेटेन्ट दर्तामा सहजिकरणको पनि माग गरेको छ ।

सम्मेलनले स्वास्थ्य क्षेत्रमा कुल बजेटको ५ प्रतिशत मानसिक स्वास्थ्यमा विनियोजन गर्न पनि माग गरेको छ । स्थानीय तहमा मनोपरामर्शदाता नियुक्त गर्न पनि माग गरेको छ ।

सम्मेलनले ‘कोशी प्रदेश सिएसओयस युथ फोरम’को नयाँ नेतृत्व समेत चयन गरेको छ । फोरमको संयोजकमा युवा तिम्सिना र सह–संयोजकमा नेहा अग्रहरी चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?