+
+
Shares

सीमा विवादका कारण अवरुद्ध भएको धुलाचौर सडक सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते १२:५०

३० जेठ, हुम्ला । कर्णाली करिडोरअन्तरगत पर्ने बाजुरा धुलाचौर सडकखण्ड सञ्चालनमा आएको छ । रानीखर्कको सीमा विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका बासिन्दाले अवरोध गरेको सडक सञ्चालनमा आएको हो ।

सीमा विवादका कारण पटक-पटक यो खसडक अवरुद्ध हुँदै आएको छ । बिहीबारदेखि बाजुराका स्थानीयले सडक अवरुद्ध पारेपछि हुम्ला- नेपालगन्ज, हुम्ला-सुर्खेत, नेपालगन्ज- हुम्ला, सुर्खेत-हुम्लाका लागि हिँडेका यात्रु अलपत्र परेका थिए ।

यात्रु बोकेर आउजाउ गर्ने सवारीसाधनलाई धुलाचौरमा रोकिएपछि दु:ख पाएको चंखेली गाउँपालिका- ३ का विशाल ऐड‌ीले गुनासो गरे । बाजुरा स्थानीयले सडक अवरुद्ध गरेपछि सयौं नागरिकहरुले सास्ती भोगेको उनले बताए ।

बिहीबारदेखि अवरुद्ध सडक बिहान ८ बजेदेखि खुलेपछि अलपत्र परेका यात्रुहरू गन्तव्यतिर लागेको सर्केगाड गाउँपालिका-८ का कैलाश ऐड‌ीले बताए ।

सडक अवरोध भएपछि यात्रु बोकेका जिप, मालबाहक ट्रकहरू बाजुराको धुलाचौरमै रोकिएका थिए । सडक अवरुद्ध भएपछि विद्यार्थी , बिरामी, ज्येष्ठ नागरिक प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?