+
+
Shares
काभ्रे बस दुर्घटना :

१८ महिने उर्गेनले आमा गुमाए, ४ वर्षे सुवासकी आमा आईसीयूमा

अस्पतालमा ४ बर्षको बालकले त बोलेरै आफ्ना अभिभावक खोजीरहेका थिए । तर, १८ महिने बालकलाई एकजना नर्सले बोकेर उनका अभिभावक खोज्दै डुलाइरहेकी थिइन् ।

कपिल कोइराला कपिल कोइराला
२०८३ जेठ ३० गते १६:२९

३०, जेठ काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनाका घाइतेहरूलाई  शुक्रबार उपचारका लागि धुलिखेल अस्पताल ल्याइयो ।

ल्याइएकामध्ये दुई जना बालकको अभिभावक खोजी भएपछि रिपोर्टिङमा रहेका सञ्चारकर्मी र अन्य व्यक्तिहरूले सामाजिक सञ्जालमा उनीहरूको तस्वीर पोस्ट गरे । जसमा एक जना ४ वर्षका र अर्को १८ महिनाका बालक थिए । एकाएक उनीहरूको तस्वीर भाइरल भयो ।

४ बर्षको बालकले त बोलेरै आफ्ना अभिभावक खोजिरहेका थिए । तर, १८ महिने बालकलाई एकजना नर्सले बोकेर उनका अभिभावक खोज्दै डुलाइरहेकी थिइन् ।

अबेरसम्म पनि अभिभावकको खोजीमा रहेका दुवै बालकमध्ये एक जना बालककी आमाले भने दुर्घटनामा ज्यान गुमाएको खुलेको छ । अर्को बालककी आमा भने गम्भीर घाइते भएर आईसीयूमा उपचाररत छिन् ।

१८ महिने बालक उर्गेन लामाले आमा गुमाएको खुलेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए । उनका अनुसार उनकी २२ वर्षीया आमा सुमी तामाङको दुर्घटनामा ज्यान गएको छ ।

१८ महिने बालक उर्गेन लामा

उर्गेन आमा सुमीसँगै मामाघर जाँदैथिए । अब उनले अब आमा भेट्ने छैनन् । दुर्घटनामा उर्गेनको टाउकामा चोट लागेको छ । दुर्घटनापछि उनका बुबा र मामा अस्पताल पुगेका छन् । उनीहरूले नै उनलाई अस्पतालमा रेखदेखसँगै कुरिरहेका छन् ।

४ वर्षीय बालक सुवास लामाकी आमा बिबिमाया तामाङ भने उपचाररत रहेको डीएसपी विष्टले जानकारी दिए । दुर्घटनामा सुवासको देब्रे खुट्टामा चोट लागेको छ । उनी र आमालाई अहिले अस्पतालमा ठूलोआमाले कुरिरहेको प्रहरीले जनाएको छ ।

४ वर्षीय बालक सुवास लामा

शुक्रबार दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुघुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिकाको बुच्चाकोटमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?