+
+
Shares

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते ६:१६

३१ जेठ, काठमाडौं । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् ।

यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् ।

निर्वाचित अर्यालले ४१६ र डा. लामिछानेले ४१४ मत पाए ।

अर्याल निवर्तमान समितिमा प्रवक्ता थिए ।

सभापति पदमा अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।

रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन गरिएको थियो । निर्वाचन प्रक्रिया शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?