News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा केन्द्रीय निर्वाचन आयोगले प्रक्रियागत त्रुटि भएको भन्दै कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरेको छ ।
- गत २५ जेठमा सम्पन्न सो अधिवेशनबाट जिल्ला सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका थिए ।
- सो निर्वाचनमा ठकुल्लाले ३३५ मत पाउँदा उनका प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए ।
३१ जेठ, काठमाडौं । रास्वपा कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रक्रियागत त्रुटि भएको भन्दै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको जनाएको छ ।
अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेदवारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण दर्ता गराएको उजुरीहरू उपर केन्द्रीय निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘उक्त निर्वाचन प्रकियाप्रति कैलाली जिल्लाका माननीयज्यूहरूको असहमति र सल्लाहको बाबजुद अवैधानिक ढंगले विधान तथा कार्यविधि विपरीत निर्वाचन गराइएको पाइएको छ । प्राप्त प्रारम्भिक उजुर तथा सँगै संलग्न प्रमाणहरूको आधारमा आयोगले अध्ययन गर्दा उक्त अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरू पलान नभएको प्राथमिक रूपमै पुष्टि हुन आएको छ ,’ विज्ञप्तिमा भनिएको छ ।
२५ जेठमा भएको अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका थिए । ठकुल्लाले ३३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए ।
हेर्नुहोस् विज्ञप्ति :


प्रतिक्रिया 4