+
+
Shares

काठमाडौं महानगरमा विपन्न तथा असहायलाई नि:शुल्क उपचार

महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारीचाप मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत साँघुरा सडक र सवारीचापलाई मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।
  • महानगरपालिकाले महानगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन महानगर अस्पताल निर्माण गर्ने र विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार गर्ने व्यवस्था कडा पार्ने भएको छ ।
  • महानगरले आरोग्य जीवनका लागि आयुर्वेद र योग प्रवर्द्धन गर्ने तथा मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालन गर्ने जनाएको छ ।

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धति प्रवर्द्धन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ । ‘नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारीचाप मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा छ ।

महानगरवासीको मिर्गौला रोगको उपचारका लागि डायलासिस सेवा सहजीकरण गर्ने घोषणा गरिएको छ । मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने समेत घोषणा गरिएको छ ।

सार्वजनिक स्थानमा ‘स्तनपान र हेरचाह ब्लकहरू’ सेवा व्यवस्थापन गरिने भएको छ । महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहका लागि प्रोत्साहन गरिने छ । साथै, विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत नि:शुल्क उपचार गर्ने व्यवस्था कडाइसाथ लागु गरिने समेत उल्लेख छ ।

महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गर्ने, परिवर्तित जीवनशैलीका कारण तीव्र रूपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनीकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, महानगरवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गर्ने विषय समेत महानगरपालिकाको प्राथमिकतामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?