+
+
Shares

विज्ञान र प्रविधिको क्षेत्रमा धेरै लगानी आवश्यक छ : सांसद बराल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १५:२९

२ असार, काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मिहेनत र लगानी गर्नुपर्ने बताएका छन् ।

मंगलबार संघीय संसद प्रतिनिधि सभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि समूहिकृत छलफलमा भाग लिँदै उनले उक्त आवश्यक्ता औंल्याएका हुन् ।

सांसद बरालले चीन, भारत, जापान लगायतका एशीयाली मुलुकहरूले विकासको काममा सबैलाई चकित पार्नुको पछाडि उनीहरूले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको मेहनत र लगानी नै भएको हुनाले नेपालले पनि त्यो कुरालाई सिकेर अघि बढनुपर्ने स्पष्ट पारे ।

राष्ट्रहरूले आर्थिक उन्नति, सामाजिक उन्नति र पूर्वाधारको विकासको क्षेत्रमा अत्यन्तै धेरै प्रगति हुनुमा विज्ञान र प्रविधि क्षेत्रमा गरिएको लगानी नै रहेको सांसद बरालको निष्कर्ष थियो ।

‘विज्ञान र प्रविधिको क्षेत्रमा लगानी गर्ने राष्ट्रहरूले आर्थिक उन्नती, सामाजिक उन्नति र पूर्वाधारको विकासको क्षेत्रमा अत्यन्तै धेरै प्रगति गरेका छन् । यही नजिकै एशियाको मात्रै सन्दर्भ हेर्ने हो भने चीन, जापान, भारत, थाइल्याण्ड, इन्डोनेशिया र दक्षिण कोरियाले यही विज्ञान र प्रविधिमा लगानी गरेर आज संसारलाई चकित पार्ने आफ्ना आफना हैसियतका आर्थिक प्रगति हासिल गरेका छन्,’ उनले भने, ‘यसको भएको हुनाले विज्ञान र प्रविधि भनेको सबै ज्ञानको आधार हो । त्यसकारण यो क्षेत्रमा अत्यन्तै धेरै मेहनत र लगानी गर्नुपर्ने आवश्यक्ता छ ।’

सांसद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रका लागि आवश्यक जनशक्ति निर्माणमा पनि विशेष योजना ल्याउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?